यस्ता छन् - विश्वकप पदर्शन गर्नेबारे १० बुँदे शर्तहरु (बिज्ञप्ति सहित)

Posted on: 11 Jun, 2018

जेठ २८,  काठमाडौँ | जिल्ला प्रशासन कार्यलय काठमाडौंले आउँदै गरेको विश्वकप चोक, घर परिसर तथा क्लबहरुमा पदर्शन गर्नेबारे १० बुँदे शर्तहरु जारी गरेको छ ।

यी सबै शर्तहरुको अधीनमा रहेर मात्र सार्वजनिक स्थल र व्यक्तिगत घर परिसरमा विश्वकपको प्रदर्शन गर्न पाइनेछ ।

सोमबार सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हस्ताक्षरसहितको प्रेस विज्ञप्तिमार्फत यी शर्तहरु जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गरेको प्रमुख शर्तहरुमा आफ्नै घर परिसरमा मात्र प्रदर्शन गर्न पाइने, सट्टेबाजी गर्न नपाइने, शुल्क लिन नपाइने, सार्वजनिक स्थलमा प्रदर्शन गर्दा मादक पदार्थ ओसार पसार र विक्रीवितरण गर्न नपाइने जस्ता सर्तहरु मान्नुपर्ने छ ।

त्यस्तै ट्राफिक आवागमनमा प्रभाव पर्ने गरी प्रदर्शन गर्न नपाइने, प्रदर्शनस्थलमा केही क्षति भए आयोजकले जिम्मा लिनुपर्ने, होहल्ला गर्न नपाइने, अवाञ्छित क्रियाकलाप भएमा आयोजक जिम्मेवार हुनुपर्ने र सुरक्षाका लागि स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने सर्तहरु छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!