छुटेका जोडीलाई समाचारले जुटाइदिएपछि... यस्तो छ कहानी

Posted on: 12 Jun, 2018

प्रेम सुनार/जेठ–२९, गुल्मी। बन्द कोठाबाट यसै समाचारदातासंग भुमिगत शैलीमा सोमवार विहानसम्म फोन गर्दै पुर्नमिलनका लागि  हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुशी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका जोडिहरुले ।

जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको  प्रेम सम्वन्ध  र  दुवै परिवारको  दमनको पर्दाफास गर्न  हिम्मत गरे । त्यस पछि आयो साझा सबालमा समाचार , पैसामा छुटाउनेहरु विच भयो खैलावैला , गल्यो ज्यान अन्ततः ति जोडीको सोमवार भयो मिलन ।


हामीले घटना क्रम मात्रै पस्केका थियौं तर ति जोडीको नाम काल्पानिक राखेका थियौ उनिहरुको यस अघिको  समाचारमा  । आज उनिहरु विचको मिलन  पछि स–गौरव उनिहरुलाइ सार्वजानिक गर्दै छौं । उनिहरु हुन गुल्मी दरवार गाउँपालिका ७ चारपालाका २४ वर्षिय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्वर ३ की १८ वर्षिया सुर्जा परियार । उनिहरु  भागी विवाह गरेर भारतमा पुगेको १५ दिन नपुग्दै परिवारजनको षडयन्त्रबाट छुटिनु परेको कारण थियो जातिय विभेद ।

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा  पढ्दै थिईन ।

त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनिहरु विच सुरुमा फेशवुक मार्फत चिनजान भएको थियो । उनिहरुको जम्काभेट भयो गएको चैत्र १६ देखि २६ गते सम्म सम्पन्न तेश्रो गुल्मी महोत्सवमा । पहिलो भेटमा सुर्जाको कोठामा बसे उनिहरु ।

त्यस दिन देखि उनिहरु विच जमेको सामिप्यता झन पछि झन गाढा बन्दै गयो । अन्ततः दुवै जना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदावादमा पुगेका उनिहरुलाई छुटाउन परिवारद्धारा षडयन्त्र भयो । उनिहरुलाई फकाई फुलाई घर झिकाईयो ।  उनिहरु ढुक्क हुदै घर फर्किए ।  यता सुनौली नाकामा अभिभावकहरुले कुरेर बसेका थिए । त्यहाँबाट उनिहरुलाई गुल्मीको सदरमुकाम तम्घास स्थित एक होटलमा ल्याएर  राखियो । दुई दिनसम्म त्यस होटलमा राखेर खिमका परिवारजनले  अत्यन्तै दवाव दिए । उनि सुर्जासंग छुटिन तयार भए।

सुर्जा छुटिन तयार थिईनन् । केहि भद्र भलादमी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपुर्ति दिने कवुल भयो । त्यो रकम  खिमका परिवारसंग नहुँदा नहुदै पनि एक आफन्त मार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिईयो र बाँकी २० हजार पछि दिने सर्त भयो । उनीहरु आ–आफ्नो बाटो लागे ।

घर पुगेपछि दुवैका परिवारले फोन खोसे । घरबाट निक्लन बन्देज गर्दै उच्च निगरानीमा राखे । खिमलाई ‘दमाईकी छोरी ताक्ने’ यो पागल हो भन्दै उनिबाट मन मराउन हेरखोर गर्न धामीकहाँसम्म लगियो । त्यही क्रममा भागेर खिम साथीको फोन मार्फत यस समाचारदातासंग सुर्जा विना म बाँच्न सक्दिँन,  मलाई जातीपाती मतलव छैन , मेरो घर परिवार त्याग्न सक्छु सुर्जालाई त्याग्न सक्दिँन भन्दै फोन गरे ।

त्यस पछि पटक पटक फोन गरेपछि यो समाचारदाता उनले दिएको लोकेशनमा पुग्यो ।   खिम पागल जस्तै देखिन्थे ।   उनि संग कुराकानी गरी सकेपछि  उनिकी आमालाई फोन गरियो  । आमाले पनि अरु आफन्त मार्फत पाँच लाख दिएको खुलसा गरिन् । दुवै राजीखुशी विवाह गर्ने , पछि परिवारजन दुवै मिलेरे केटालाई पाँच लाख तिराएर छुटाउने यो कहाँको कानुन हो ? जस्तो लाग्यो र खोतल्दै गईयो ।

रिर्पोटिङ्ग गर्ने स्थानमा तिनै छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे ।  केहि युवाहरु जुटी सकेका थिए । खिमलाई  यसै समाचारदाता  सामु हातपात समेत भयो । त्यसै वखत ति दलित नेता आए । तपाई यहाँबाट गई हाल्नुस भने । उनले भने–‘फेरी पहिला जस्तै घेराउमा पर्नु होला केटाहरु थुप्रै आउँदै छन् । ’

किनकी गएको चुनाव ताका रिर्पोटिङ्गका क्रममा उनको राजनैतिक दलका युवाहरुले यस समाचारदातालाई झण्डै चार घण्टा घेराउ गरेर राखेका थिए । साँझपख सुरक्षाकर्मीको बाक्लो परिचालनबाट  त्यहाँबाट सदरमुकाम तम्घास ल्याईएको थियो । त्यही स्थिती सिर्जना गर्न खोजिएको थियो त्यस गुल्मी दरवार गाउँपालिकामा फेरी । 

सदरमुकाममा थुप्रै डन जस्ता देखिने युवाहरुको जमात हुँदाहुदै र थुपै्र खाले डर लाग्दा घटना उठान गर्दा पनि यहाँ पत्रकारहरुलाई असुरक्षा छैन । तर गुल्मी दरवारमा  साविकको कुनै एउटा गाविस छ  जहाँका केहि युवाहरु कुनै एक राजनैतिक दलको  वाहुल्यताको आडमा राणशासन चलाउँ छन् ।  त्यही राणा शासन प्रवृद्धि तोडन् चाहन्थे खिमले ।

ति दलित नेताको धम्की र वातवरण पनि त्यस्तै बन्दै गएपछि त्यहाँबाट फर्किएको थियो  । 

खिमलाई  थप लछार पछार हुँदै थियो   । हाम्रै सामु उनको फोन खोसियो ।  अर्को दिन फेरी साथीको फोन मार्फत खिमले भने –‘सर म बन्द कोठामा छु । के मेरो  मानवअधिार छैन ? मलाई यहाँबाट निकाल्नुस र सुर्जा संग भेट गराउनुुस ।’

हामीले भन्यौ – त्यहाँ आउन बातवरण ठिक  छैन   तपाई तम्घास आउनुस । उनि तेश्रो दिन घरबाट निस्कन सफल भएर तम्घास आए । करिव आधा घण्टा भिडियोमा उनका कुराहरु रेकर्ड गरियो । त्यतिले मात्र समाचार बन्न सक्दैन्थ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो ।  खिमलाई धेरै बेर हामीले अल्मलाएर राख्यौं । किनकी उनिहरु विच सुर्जाका साथी मार्फत च्याट कुराकानी हुँदै थियो ।   हामीले त्यो नम्वर लियौं ।

त्यसको दोश्रो दिन सुर्जाकी आमा संग फोन गरियो ।  सुर्जा संग सम्पकै भयो  ।  सुर्जाले आमका सामु भनिन उसले धोका दियो अव त्यसका कुरा नगनुस सकिएको कुरा उल्झाउदा मलाई थप तनाव हुन्छ भनिन । अर्को दिन कोठाबाट आफैले फोन गरिन । भनिन–‘ दाई हिजो आमासंगै भएकोले त्यस्तो भनेकी हुँ , म पनि उ विना बाँच्न सक्दिँन जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस प्लीज............। ’

त्यस पछि जिल्ला प्रहरी कार्यालयमा बुझियो  । खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको बुझियो । जुन कुरा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरी संग राखियो । चौधरीले नयाँगाउँ प्रहरी चौकीलाई आवश्यक निर्देर्शन दिए । त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो ।  उनिहरुले सुर्जा , उनकी आमा र दाजुलाई  सोमवार सदरमुकाम  पठाए ।


भौतादिै रिडीमा रहेका खिमले फोन गरे । उनले भने सर म तम्घास आउँदै छु कतै नजानु होला । त्यसको आधा घण्टा नवित्दै तम्घासको तिनधारा जंगलमा त्यसै चारपालाको युवा झुण्डिएको अवस्थामा फेला परेको छ भन्ने खवर आयो ।  हातखुट्टा सेलायो । पक्कै तिनै भाई हुन भन्ने लाग्यो । म हतार हतार त्यहाँ पुगे । ति युवा झुण्डिएको स्थानमा पुग्न डोरीको प्रयोग कि त मानव साङलो नगरी पुग्नै नसकिने भिर थियो ।

 त्यहाँ प्रहरी समेत मानव साङलाको साहयताले पुगेको थियो । अनुहार नहेरुञ्जेल सम्म लगाएको पाईन्ट समेत खिमको जस्तै ठानेर  भावविह्ल भएको थिएँ ।  जव अनुहार हेरे उनि रहेन छन् । त्यही चारपाला चितपानीका २४ वर्षिय सुनिल थापा रहेछन् । उनको आत्मा हत्या पनि सायद माया प्रेम र विछोड पो थियो कि भन्ने लाग्यो ।

त्यहाँबाट फर्किन साथ खिमको फोन आयो । म पत्रकार महासंघमा थिएँ । 

त्यस नजिकै होटलमा रहेछन् ।  त्यहाँ पुग्दा सुर्जा र खिम कुम जोडेर बसेका थिए । साथमा सुर्जाकी आमा र दाजु लगायत पनि भित्र वाहिर गर्दै थिए । सुर्जाका अभिभावकहरु संग बुझ्दा त्यो रकम तिराउने पक्षमा उहिरु नभएको स्पष्ट पारे ।

आखिर त्यतिवेला त्यो रकमको चारो फाल्ने र खिमलाई सुर्जाबाट छुटिन्छु भन्ने वोल निकाल्न कसले लगायो त ?  भन्ने विषय प्रष्ट भयो । त्यति वेला उनिहरुलाई छुटाउने छलफलमा हुनेहरु मध्येको ति दलित नेता लगाएतका मानिसहरु पुनरमिलन हुदै गरेका उनिहरु सामु आएनन् । जुन दलित नेताले त्यो पाँच लाखे तिरेको कुनै प्रमाण छ ? भनेर त्यसै पनि उत्तेजित युवाहरुलाई थप उत्तेजित पार्दै थिए ।

उनलाई यहि सवाल गर्न चाहन्छौं कि सवै कुराको प्रमाण हुँदैन तिनै बेप्रमाण र अन्यायको कुरा खोतल्ने काम हो पत्रकारहरुको । आखिर प्रमाण जुट्यो त्यो पाँच लाख फिर्ता गर्न तयार भए सुर्जाका परिवारजन र उनिहरु मिले । तपाई दलित नेता जस्तो मान्छे तपाईहरुलाई त्यत्रो रकम सहित उनिहरुलाई बन्द कोठामा कागज गराएर  छुटाउने अधिकार कहाँ छ ? तपाई सरकारको कुन निकाय हो ? त्यसो गर्ने तपाईहरु वलात्कार जस्ता ठुलाठुला घटना पनि त्यसरी नै पैसामा मिलाउन के बेर ? भन्ने यस घटनाले देखाएको छ । के युवा युवती भैसी पाडाको ब्यापार हो ?

खिम पक्षका केहि पढालेखा युवाहरु आए । उनिहरुले उति बैले पनि सुर्जालाई लैजाउँ बरु ५० हजार म दिन्छु भनेका युवाहरु पनि त्यहाँ आए । उनिहरुलाई पुन सोधपुछ गरियो । उनिहरु नछुट्ने कुरा भयो । सुर्जाकी आमाले उक्त रकम एक पैसा नमासी राखेको र त्यो फिर्ता गर्ने बताईन । सुर्जाका दाजुले पनि आफुहरु चेली वेटी बेचेर नहिड्ने परिवार भएको स्पष्ट पारे ।

उनले वहिनी तर्फ आक्रोषित मुद्रमा भन्दै थिए –‘ तिमीले उति वेलै छाड्दिन भनेको भए हामीले रोक्ने थियौं ? मैले फोन खोसे पछि पनि फेरी साथीहरु मार्फत उसै संग कुराकानी ? घुसघुसे संग त केहि लाग्दो रहेन छ । ’

दाजुले त्यसो भन्दा खिमको कोखमा बसेकी सुर्जा मुस्कुराउँदै र लाजले भुतुक्क हुँदै शिर निहुराएकी थिईन ।  अन्ततः पैसा फिर्ता उनिहरु विवाहका लागि मन्दिर भित्र जाने सहमति गरे पश्चात प्रहरी कार्यालयमा पुगियो । प्रहरीले विवाह गराउन नमिल्ने दुवै अभिभावकको जिम्मा लगायो ।

उनिहरु वाहिर निस्केर तम्घासको भगवती मन्दिरमा पुगेर खिमले सिन्दुर राखे सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराईन । वेहुली भन्दा बढि लाजाले भुतुक्क भए खिम । जातिय विभेदका पक्षधरहरु त्यो विवाहको कुरा सञ्चार माध्यमा नलैजान दवाव दिदै थिए खिमलाई । खिम आखिर किन दवावमा पर्थे र ? गरे सुखत पुनर मिलनको उद्घोष र भने–‘अँस्ती मैले भिडियोमा गरेको हार–गुहार समेत वाहिर ल्याउनु होस... ।

यसरी मिलेका ति जोडीहरुले दोश्रो पटकको सुहागरात हिजो सदरमुकामको एक होटलमा मनाए । आज चरी फुरुरु ......खै कता उडे ।  सहभागीहरुले नेपाली चलचित्रको  यस्तो गित गुनगुनाउँदै  थिए –‘आँधीले रोक्न सक्दैन हुरीले छेक्न सक्दैन्...........

यस बिषयमा तपाइको प्रतिक्रिया...!