मुगुमा फेज नेपालद्वारा बथिङ्क सेवाका सामाग्री हस्तान्तरण

Posted on: 12 Jun, 2018

दान बहादुर बुढा/जेठ २९, मुगु | बिकट हिमाली जिल्ला मुगुमा लामो समयदेखी स्वास्थ्यको क्षेत्रमा काम गदै आएको फेज नेपाल नामक गैर सरकारी सस्थाले छायानाग रारा नगरपालिका वडा नम्बर १४ मा रहेको बाम स्वास्थ्य चौकीमा बथिङ्क सेन्टरमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ ।


वडानम्बर १४ बाम गाँउमा लामो समयबाट नेपाल सरकारले तेस क्षेत्रका स्वास्थ्य क्षेत्रमा काम गदै आएता पानि कुनै पनि वथिङ्क सेन्टरका सामानहरु त्यस चौकीमा नहुदा बिषेश गरी महिलालाई गर्वको अबस्थामा आफ्नो गर्भको बच्चा र आफ्नोबारे थाहाँ नपाउने अबस्था भएको हुदा तेस्तो समस्यालाई मध्य नजर गरी प्रसुती सेवामा सहज र मातुशिसु (आमा र बच्चालाई )मृत्यूदर घटाउनको लागी भ्याकुम,सक्सन,अक्सीजन कन्सन्टेटर,लगनएतका अन्य स्वास्थ्य उपकरणहरु बाम स्वास्थ्य चौकीका प्रमुख ,मिरजङ्क मल्ललगाएत स्वास्थ्य व्यवस्थापन समितीको रोहोवरमा  हस्तान्तरण गरीएको फेज नेपालका जिल्ला स्रोत व्यक्ति मिलन घिमिरेले बताएका छन ।


फेज नेपाल नामक गैर सरकारी सस्थाले यस बाम गाँउ मार्फत अन्तरगर्त वडा नं १४मा रहेका सम्पूर्ण स्थानिय जनताहरुले स्वास्थ्य सेवाका अन्य औषधी सेवा स्वास्थ्य शिक्षा गाँउ घर किन्नीक खोप सेवा दिदै आईरहोको र आजबाट थप प्रशुति सेवाका सामाग्रीहरु समेत हस्तान्तरण गरेको हुदा थप यस क्षेत्रका स्थानिय बासीले सेवा पाउने भएको हुदा आफुलाई पनि स्वास्थ्य सेवा दिनमा पनि सहज हुने भएको छायानाथ रारा नगरपालिका  १४ वडाकी महिला स्वास्थ्य स्वंयमसेबीका राममाया बढुवालले बताएकी छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!