वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

Posted on: 13 Jun, 2018

जेठ ३०, काठमाडौँ | वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । 


लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । 

उहाँले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा जानुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!