हातहतियारसहित दुई जना काठमाडौँबाट पक्राउ

Posted on: 14 Jun, 2018

जेठ ३१, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!