परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

Posted on: 14 Jun, 2018

जेठ ३१, अर्घाखाँची | हेफर इन्टरनेश्नलको सहयोगमा सञ्चालित वाख्रा विकास परियोजना अन्तर्गतको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सन्धिखर्कमा  सम्पन्न भएको छ ।  परियोजना सञ्चालन गरेका तिन ओटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

समाजसेवा वातावरण तथा संस्कृति संरक्षण समुह, पहाडी श्रोत व्यवस्थापन समुह, र सामाजिक सेवा तथा विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना संयोजकहरु नेत्र मरासिनि, पार्वता श्रेष्ठ र कुल बहादुर नेपालीले आआफ्नो संस्थाले हाल सम्म गरेको कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  । तिन ओटै संस्थाले सितगंगा नगरपालिकाका विभिन्न वडामा परियोजना सञ्चालनमा ल्याएका छन् । 


कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेस्मी, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लोकनाथ पौडेल, कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारी, हेफरका बाख्रा विशेषज्ञ डा लक्ष्मण घिमिरे, हेफरका जिल्ला संयोजक राधाकृष्ण शर्मा पश्चिमाञ्चल ग्रामिण खानेपानी आयोजनाका प्रमुख कुशल भुसाल  लगायतको आतिथ्यता रहेको थियो ।

 कार्यक्रम एसएसइ सिपिजिका कार्यकारी निर्देशक वावुराम पौडेलको स्वागत मन्तव्य र  सोस्डेकका अध्यक्ष गंगाराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!