सन्धिखर्क नगरपालिका १० मा सिलाइकटाइ तालिम सम्पन्न

Posted on: 14 Jun, 2018

जेठ ३१, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १०  विहारमा सञ्चालित तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । 

घरेलु तथा साना उद्योग विकाु समितिको आयोजनामा सञ्चालित तालिममा १४ वना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतारी सिलाइकटाइ ब्यबसाय सञ्चालन गर्ने सहभागीहरुले बताएका छन । 

तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतार्न र प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहाले स्वरोजगार सृजना गर्न सिलाइकटाइ तालिमले मद्धत गर्ने उदेश्यले तालिम सञ्चालन गरेको बताउनु भयो । 

उपप्रमुख ठाकुर कुमार विकले सिलाइकटाइ ब्यबसायले महिलाहरुलाइ जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउदै केहि महिलाहरुले मनग्य आम्दानी समेत गरेको बताउनु भयो । उहाले नगपालिकाले सिपमुलक तालिमहरु सञ्चालन गरेर स्वरोजगार सृजना गर्न नँया कार्यक्रम ल्याउन थालेको जानकारी दिनु भयो ।  

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कमल सुतार कार्की, वडा सदस्य शान्ता नेपाली, प्रशिक्षक विनीता परियार, प्रशिक्षार्थीको तर्फबाट सिता आचार्य, लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रम सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता र अरुण कुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!