तनहुँमा बस दुर्घटना: १ को मृत्यु, ७ घाइते, तीनको अवस्था गम्भीर

Posted on: 15 Jun, 2018

असार १, तनहुँ | तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । 

ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय दानबहादुर ठकुरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गम्भीर घाइते भएका सल्यान जिल्ला त्रिवेणी गाउँपालिका–५ का १६ वर्षीय चूडामणि घर्ती, सोही स्थानका ३० वर्षीय नरबहादुर रोका र शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी २५ वर्षीया दिलमाया आलेलाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात् पोखराको मणिपाल अस्पतालमा सिफारिस गरी पठाएको छ । अन्य चार घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!