बाजुरामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 15 Jun, 2018

असार १, बाजुरा | बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

उहाँले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रमुखले बताउनुभयो । मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!