झापाबाट गाँजासहित ३ जना पक्राउ

Posted on: 17 Jun, 2018

असार ३, झापा । झापामा गाँजासहित ३ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१, लाहुरे चोकका ३२ वर्षीय प्रदिप पौडेलसहित ३ जना छन् । अन्य दुई जनाको भने नाम खुलाइएको छैन ।

प्रहरीले ५० किलो हरियो र ५ सय ग्राम सुख्खा गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

उनीहरुलाई अनुसन्धानको लागी जिल्ला  प्रहरी कार्यालय, झापामा राखिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!