अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक

Posted on: 17 Jun, 2018

असार ३, सुर्खेत | चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिले अटो चलाउँदा सुर्खेतमा अटो दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख हरिबहादुर विसीले आईतबार पत्रकार सम्मेलन गरेर सुर्खेतमा एक हजार एक सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको जानकारी दिँदै सावारी चालक अनुमति पत्र नहुँदा दुर्घटना बढेको बताएका हुन् ।

‘अटो रिक्साको मनोमानीमाथि लगाम लगाउन प्रहरीसँग कुनै त्यस्तो अधिकार नभएकाले नियमन गर्ने निकायबारे अन्यौल रहेको विसीको भनाई छ । जथाभावी अटो चलाइँदा सडकमा हिँड्ने नागरिकले असुरक्षाको महशुस गरेको उनको भनाई छ । ‘अटो चलाउनेसंग सवारी चालक अनुमति पत्र छैन्’ विसी भन्छन्,–‘यसले दुर्घटना त निम्त्याएको छ नै सरोकारवाला निकायसंग समन्वय गरेर यसको निकास खोज्नमा आफू कटिवद्ध छु ।’ विसीले अव अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक प्रहरी गम्भीर बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा आर्थिक वर्ष २०७४र०७५ भएका सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी एक सय जना घाइते भएका छन् । जसमध्ये ५१ जना गम्भीर घाइते भएका छन् भने ४९ जना सामान्य घाइते छन् ।

आर्थिक वर्ष २०७४र०७५ मा भदौंमा १, असोजमा १०, कात्तिकमा १६, फागुनमा १, चैतमा ८, बैशाखमा ४ र जेठमा ९ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ४१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा बस ११, जीप ५, ट्रक ३, मोटरसाइकल १०, ट्याक्टर ८ र अन्य ५ वटा सवारीसाधन रहेका छन् । आर्थिक वर्ष २०७४र७६ मा जिल्लाभित्र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न १२ हजार २ सय ८३ सवारीसाधन कारवाहीमा परेका छन् । जसबाट ७६ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । उक्त आर्थिक वर्षको साउनमा ७ सय ७२, भदौमा १ हजार १ सय ५३, असोजमा १ हजार ३ सय ९१, कात्तिकमा १ हजार २ सय ९, मंसिरमा ९ सय ४६, पुसमा ९ सय ४३, माघमा १ हजार १ सय ९१, फागुनमा १ हजार १ सय १४, चैतमा १ हजार ४ सय ३९, बैशाखमा १ हजार २ सय ९४, जेठमा १ हजार ३ सय ७१ सवारीसाधन कारबाहीमा परेका छन् । प्रमुख विसीले सुर्खेतमा दुर्घटना बढी हुनुको कारण पुराना सवारीसाधनको अवस्था राम्रो नहुनु, बाटोमा ट्राफिक साइनबोर्ड सबै ठाउँमा नहुनु र मापदण्ड विपरीत निर्माण भएको सडक रहेको उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!