नवलपरासीमा दुर्घटना, १ को मृत्यु २ गम्भीर

Posted on: 18 Jun, 2018

असार ४, नवलपरासी | नवलपरासीमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ । 

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्तर्गत बर्दघाट नगरपालिका -७ जिमिरे भारमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।  उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

उत्तरबाट दक्षिण जाँदै गरेको लु २२ प ३१९६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १ च ५५८४ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा परी मोटरसाइकल सवार बर्दघाट ६ का मनोज चौधरीको मृत्यु भएको छ भने बर्दघाट ६ कै सिसम चौधरी र सुदीप चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!