राष्ट्रपतिद्वारा देवकोटाको निधनमा समवेदना प्रकट

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल जानुभई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिनुभयो ।  सन्देशमा राष्ट्रपति भण्डारीले डा देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । 

डा. देवकोटाको सोमबार अपराह्न निधन भएको थियो । उहाँको शवलाई श्रद्धाञ्जलि प्रकट गर्न अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!