स्थानीय तहमा राणा शासनः सजाय दिन कालो मोसो दलेपछि...

Posted on: 19 Jun, 2018

प्रेम सुनार/असार–५, गुल्मी। गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदै छ र गाउँ गाउँमा सिंहदरवार आयो भनिदैछ  । ति गाउँ गाउँ सिंहदरवारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ ।  त्यही राणाकालिन शासनकालको झल्को दिएको छ । गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गको एक वडा  कार्यालयमा भएको घटनाले ।

गल्कोट नगरपालिका वडा नम्वर ११ को वडा कार्यालयमा २०७४ फागुन २६ गते  गरिएको कागज पत्रमा साविकको रिघा गाविस वडा नम्वर ४ की दिलमाया बिक विरुद्ध साविकको वडा नम्वर ५ निवासी खगी  बिकले आफुलाई  गाली बेईजती गरेको  र त्यस विषयमा जनप्रतिनिधीहरुले बृहत छलफल गरेको उल्लेख छ  ।  

उनिहरु माईती चेलीका आफन्त थिए । दिलमाया बिक भाई वुहारी हुन भने खगी बिक नाताले अमाजु हुन ।  माघ  २८ गते आईतबार राती उनिहरु बिच भनाभन भएको विषयमा आरोप लागेपछि ७  दिन पछि  दुवै पक्षलाई जुटाएर वडा कार्यालयमा मिलापत्र गराईएको थियो  ।

उक्त मिलापत्रमा वडाध्यक्ष डम्वर बहादुर श्रीसको रोहवरमा सामुदायिक मेलमिलाप केन्द्रका सहजकर्ताहरु बसेर खगी बिक माथी लगाईएको आरोप सरासर गलत भएको  र  दिलमाया बिकले लगाएको आरोप झुटो भएको ठहर गर्दै क्षमयाचना गराउँदै आगमी दिनमा यस्तो भनेको सुन्नमा आए यसै कागजले पटके कार्वाही गर्ने उल्लेख छ ।

कागजमा मिठो भाषा,  भित्री रुपमा क्रुरुर तयारी

माघ २८ भएको घटनामा ७ दिन पछि मिलापत्र भएको छ । फेरी त्यसको ७ दिन पछि खगी बिकले उनै भाई बुहारी विरुद्ध लेनदेनको उजुरी गरे पनि दोश्रो मेलमिलापमा समेत त्यसै २६ गतेको मिति  राख्दै एउटा यस्तो कागज गरिएको छ ज्ुन कागज हेर्दा जनप्रतिनिधीहरुले जे गरे पनि हुँदो रहेछ भन्ने महशुस हुन्छ ।

दिलमायाका श्रीमान यमबहादुर बिक बैदेशिक रोजगारका लागि कतारमा रहेको बेला उनलाई गाउँको ठुलो हिस्सालाई उठाएर उनको घर  घेर्न गईयो , दिलमाया भक्कानिदै भन्छिन्–‘ मलाई केहि पनि थाह छैन , मलाई सप्पै आएर घर घेरे ।  मेरा छोरा छोरी पनि आत्तिए । धेरैका सामु केहि लाग्दो रहिन्छ ।  छोरा छोरी सहित  म गएँ । वडा कार्यालय भित्र दिनै भर राखेर अमाज् र उहाँका श्रीमान अमाजु दाईले हुक्नु हुके । सवैलाई एकोराई सकेका रहेछन् ।

छोरा छोरी माथी हातपात भयो,मुखमा थुकियो ) उहाँहरुले कालोमोसो लगाउँदै जुत्ताको माला लगाउँदै गाउँ घुमाउँछौ भने । त्यहाँ त्यसो गर्न हुँदैन भनेर मेरो पक्षमा वोलि दिने वडाध्यक्ष डम्मर सर रिमे वाजे र र मेरी सम्दीना मात्रै हुनुहुन्थ्यो । मैले के नै गल्ती गरेकी छु र ? भनेर भन्दा अमाजु दिदी र दाजु, उहाँका छोरा छोरीले समेत हातपात गर्न खोजे ।

मलाई खुट्टा ढोगाउन लगाईयो,म वाहिर निस्कें,त्यही बेलामा अमाजु दाईले मलाई पछाडीबाट  समात्नु भयो । त्यही बेलामा अमाजुले कालोमोसो दल्न सुरु गर्नु भयो ।  साँझ परी सकेको थियो । मैले कसैबाट गुहार पाईन ।  त्यहाँ वडा सदस्य रुपा बिक, डम्मर श्रीस पनि थिए । त्यस अघि मलाई तेरो श्रीमानले लगेको ऋण भन्दै कागजमा सईन ( हस्ताक्षर ) गर्न लगाए ।

उहाँले ऋण लिएको भए उहाँ आएरै हिसाव किताव गर्नुस् भन्दा पनि मेरो कुरा सुन्ने वडाध्यक्ष , रिमेवाजे बाहेक अरु कोही भएनन्  । मलाई कालो मोसो दलेर पनि जुत्ताको माला लगाई दिन खोजेका थिए  ।  त्यही वेलामा एक जनाले त्यो जुत्ताको माला थुतेर फाली दिए । मेरी छोरी  र छोरालाई पनि  कालो मोसो लगाउन खोजियो । म  तिन दिन सम्म आँखा हेर्न  सकिन । आत्मा हत्या गरेर मरुँकी जस्तो लाग्यो । म अहिले पनि रोएर बसेकी छु ।  मैले न्याय पाउन सकिन ।

विदेशमा रहेका उनका श्रीमान यमबहादुर बिकले पनि आफुलाई ठुलो तनाव भएको बताए ।  उनले भने –‘मैले दिदी भेनाबाट एक चोटी ४६ हजार अर्को चोटी बुटवल जाँदा ३ हजार लिएको सत्य हो । तर मेरो श्रीमतिलाई एक्लो पारेर  दुई लाख भन्दा बढिको कागज गराएका छन् रे । कालोमोसो दले देखि श्रीमति रुँदै फोन गर्छि्रन । अर्काको देशमा छु भनेको बेला आउन पनि नसकिने । वडाबाट न्याय नपाए पछि सञ्चार माध्यम गुहारेको हुँ ।’

पञ्चायत काल देखि समाज सेवा गर्दै आएका  रिघाका रिमेवाजे अर्थात ७८ वर्षिय रिमबहादुर पुन भन्छन्–‘ यत्रो वर्ष समाज सेवा गरियो । पञ्चायत कालमा पनि यस्तो कसै  माथी द्ुब्यवहार भएन ,मैले  त राणाकालमा समेत यस्तो गरिएको सुनिन । म दिनैभर त्यस छलफलमा थिएँ ।

मैले भनेको थिएँ खाएको पैसा तिर्नै पर्छ तर उनका श्रीमानले लिएको ऋण उनि नआई हिसवा किताव गर्न हुन्न भनेकै हो ।  म साँझ पनै थाले पछि घर आएँ । कालोमोसो दल्ने भन्दै थिए मैले त्यसो गर्न हुँन्न भन्दै उठेर घर आएँ ।  पछि कालोमोसो दलिए छ । त्यो सुनेर म फेरी जाँदा रातपरेकोले मुहार देख्न सकिन तर उनको लुगामा कालोमोसो थियो । के गरम गर्नै नहुने काम गरे । उनि माथी साह्रै अन्याय भएको छ । ’

दलित समुदायको तर्फबाट वडा सदस्य हुँदै जिल्ला समन्व्य समितिको सदस्य समेत रेहेकी रुपा बिक संग सम्पर्क राख्दा दुवै पक्षलाई राखेर मेलमिलाप गरिएको बताईन । दिलमाया संगै उनकी छोरीलाई समेत कालोमोसो दल्न खोज्दा   बचाएकी सदस्य बिकले  हिसाव किताव गर्ने बेलामा दुवै पक्ष राजी भएरै कागज गरिएको दावी गरिन ।

गलकोट नगरपालिका उपमेयर रेनुका काउछाको ध्यानकृष्ट  गराउँदा उनले  यस विषयमा फेरी दुवै पक्षलाई राखेर छलफल गरिने बताईन । उनले भनिन–‘ त्यो परिवारले तपाई सञ्चारकर्मीलाई जस्तै म संग गुनासो गर्दै आएका छन र म पनि पुनः छलफल गरेर मेलमिलाप गराउने पक्षमा छु । छिट्टै  यसवारे पहल गरिनेछ । ’

त्यस दिनको छलफलमा दिलमायालाई खगी बिक र उनका सवै परिवारले  पटक पटक गाली गलौज गर्दा त्यस वडाका वडा सचिव कर्मप्रसाद गौतम भने दिलमायाका पक्षमा बोलेको थिए ।  उनले भनेका थिए तपाईहरु मात्रै बोलेको बेलै र जथाभावी धेरै गाली गलौज नगर्नुहोस उनका वोल्ने मान्छे छैनन भन्दैमा ।

साँवा भन्दा ब्याज बढि

वडा कार्यालयका जिम्मेवार जनप्रतिनिधी र मेलमिलापकर्ताले गरेको कागजमा २३ वर्ष  अघि देखिको ब्याज जोडिएको छ सयकडा दुईका दरले । २०५१ सालमा ४ हजार ८ सय  लिएको भन्दै २३ वर्षको ब्याज २६ हजार ४ सय ९६ बनाईएको छ । सोही सालमा फेरी ३ सय ८० को ब्याज १९ सय ३२ रुपैयाँ बनाईएको छ । २०६७ सालमा लिएको भनिएको १ हजार ५० रुपैयाँको ब्याज १६ सय ८० बनाईएको छ ।  

अन्य सवै लेनदेन विवरण मध्ये कतिपयत कहिले काँही  आवत जावत गर्दा पाहुँना हुन आउँदा काटेर खुवाईएका  कुखरा र राजीखुशी दिईको घाँस र खरको समेत जोडेर नगदमा परिणत  गरिएको छ । सबै जोडेर उनिहरुले दिलमाया बाट खगी बिकलाई साँवा १ लाख १४ हजार ७ सय ३० रुपैयाँ बनाएका छन भने ब्याज १ लाख ८२ हजार ३ सय ६८ बनाएका छन ।

साँवा ब्याज गरेर २ लाख ९७ हजार ९८ रुपैयाँ दिलमायाबाट असार मशान्त भित्र अशुल्ने कबुलियत बनाईको छ । खगी बिकका श्रीमान श्याम बहादुर बिक भारतिय सेनाका अवकास प्राप्त ब्यक्ति भएकोले उक्त दिनको छलफलमा उनले भनेको कुरा सहभागी एक महिलाले सुनेको बताउँदै भनिन – ‘मलाई पैसाको मतलव छैन ,  यसलाई कालोमोसो दलेर जुत्ताको माला लगाउँदै गाउँ डुलाउन दिए पुग्छ । ’  यस बाट आर्थिक चलखेल भएको आशंका समेत दिलमायाका परिवारले गरेका छन् ।

वडाध्यक्ष श्रीस् संग सम्पर्क राख्दा हिसाव कितावको जुन कागज गरिएको छ , त्यो आफुले नमानेर हस्ताक्ष््रार समेत  नगरेको बताए ।  हिसाव कितावको कुरा  उनका श्रीमान आ्रएर मात्र गर्नु पर्छ भनेर म उठेको हुँ, त्यसैले मैले पनि त्यस कागजमा हस्ताक्षर गरिन र अरु  जनप्रतिनिधीहरुले पनि नगरेका हुन् उनले भने–‘  हिसाव  कितावमा उनि माथी अन्याय भएको पाईए फेरी छलफल गरेर मिलाईने छ  वा उनिहरुलाई चित्ता नबुझे अदालतमा समेत जान सक्ने बताए । ’

उनले कालोमोसो दल्ने कुरा भित्र छलफलमा गरेका थिए तर मैलो त्यसो गर्न हुन्न भनेर रोकेर उनकी भाई बुहारी भएकोले खुट्टा ढोग्न सम्म लगाएको तर कुनै जनप्रतिनिधीले कालोमोसो  दल्न उत्तेजित नपारेको दावी गरे ।  कालोमोसो दल्ने खगी  बिक र दिलमायालाई समात्ने उनका श्रीमान श्यामबहादुर बिक संग सम्पर्क राख्दा उनले भने  सहि नसाध्धे गाली गलौज गरेको र खुट्टा ढोग्न नमाने पछि कालोमोसो दलेको स्वीकार गरे ।

उनले आफुले दिएको पैसा उठाउन समेत  गाह्रो परेको गुनासो गर्दै भने–‘ जात्रै मुख छाडे पछि कालोमोसो दलेको हो । खगी बिकको पक्ष लिदै उनिहरुलाईउत्तेजित पार्न अगुवाई गरेको आरोप लगाईका शंकर पुन त्यस मेलमिलाप केन्द्रकाच सदस्य हुन । उनि उनै  त्यसो गर्न नहुने पक्षका  रिमेवाजेका छोरा पनि हुन । यो विषयमा बुझनकालागी हामीले पटक पटक उनलाई सम्पर्क गरन खोज्दा उनी सम्पर्कमा आउन चाहेन्न् ।

यो समाचार तयार पार्ने क्रममा वडाध्य्रक्ष सहितका विभिन्न ब्यक्तिहरुलाई टोलिफोन सम्पर्क राखे पछि तत्काल उनै दिलमायालाई वडा कार्यालयमा बोलाएर फेरी थर्काउन थालेको समाचार प्राप्त भएको छ ।

यो समाचार तयार पार्दापार्दै उनकी छोरी धनी बिकले फोनमा रुँदै भनिन–‘सर  फेरी आमालाइ्र्र वडामा बोलाएर झपार्न लाग्दै छन फेरी पनि केहि गर्ने हुन कि भनेर डर लाग्यो, हजुरहरु आई दिन प¥यो । ’

हाम्रो गोप्य श्रोतले दिएको जानकारी अनुसार वडाध्यक्ष डम्वर श्रीसले ति महिलालाई –‘ए तैले पत्रकारकहाँ कु्रा पुराउने ?  अव तँ पुलिस कहाँ जान्छेस भनेर त्रसाउँदै छन ।  उनले अरु के के भनेर ति  एक्ली महिलालाई त्रसाए त  ?  त्रसाउनुको कारण के हो ?  रहश्य के छ हामी थप फ्लोअपमा छौ । ’


यस बिषयमा तपाइको प्रतिक्रिया...!