सर्लाहीमा स्कारपियोको ठक्करबाट दुइजना गम्भीर घाइते

Posted on: 20 Jun, 2018

असार ६, सर्लाही। सर्लाहीको ब्रम्हपुरी गाउँपालिका - ३ भेल्हीमा स्कारपियो गाडीको ठक्करबाट दुइजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा हरिपुर्वा नगरपालिका -२ का ३२ वर्षिय सिताराम साह र २४ वर्षका संजय मंडल रहेका छन ।

मंगलबार दिउँसो सदरमुकाम मलंगवा बाट ज ११ प २८६ नम्बरको मोटरसाइकलमा आफ्नो घर हरिपुर्वा तर्फ जाँदै गरेको अवस्थामा विपरित दिशातर्फ बाट आउँदै गरेको बि आर ०६ सि डी ७१२२ नम्बरको स्कारपियो गाडीले ठक्कर दिंदा साह र मंडल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात् आफन्तले थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगेका छन् |

घाइते मध्ये संजयको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । अहिले ठक्कर दिने स्कारपियोलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने फरार भएका चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!