आजपनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य !

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य चार सयले घटेको छ ।

मंगलबार प्रतितोला ५८ हजार ४ रुयैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज चार सयले  घटेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला मूल्य ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ६५ रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!