अपडेट: नुवाकोटको तादी खोलामा डुबेर २ युवकको मृत्यु

Posted on: 20 Jun, 2018

असार ६ नुवाकोट | नुवाकोटको साताबिसे स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ | 


सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याममा पुगेका थिए | 

त्यहि क्रममा डुबेर उनीहरुको मृत्यु भएको नुवाकोटबाट प्रदिप शर्माले जानकारी दिएका छन् | प्राप्त जानकारी अनुसार उनीहरु सुन्दरादेवी उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागी आएका थिए | उनीहरुको परिचय भने खुल्न बाँकी रहेको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!