जुम्लाको भुलभुले अझै सञ्चार सुविधाबाट वञ्चित

Posted on: 21 Jun, 2018

नन्द बहादुर रोकाया/असार ७, मुगु | जुम्ला जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि मुगु र जुम्लाको सिमाना पर्ने राधै भुलभुलेका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । राधै भुलभुले जुम्लामा सञ्चार सेवाको बिस्तार नभएपछी उनिहरु मुगुको सञ्चार सेवा प्रयोग गर्न बाध्य छन् । 

कनका सुन्दरी गाउँपालीका वडा नं १, २ लगायतका वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको भन्दै गुनासो गर्ने गरेका छन । जुम्ला जिल्लाका अरु ठाउँमा सञ्चार सेवाको विस्तार भएको भएपनी आफ्नो गाउँमा सञ्चारको सेवा पुग्न नसकेको कनका सुन्दरी गाउँपालीका वडा नं १ का वडा अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार सञ्चार सेवा विस्तारका लागी जुम्लादेखि केन्द्रिय कार्यलय काठमाडौसम्म पहल गर्दा पनि सुनुवाई नभएको उहाँको भनाई छ ।  

सर्भे लगायत माटो परिक्षण पनी भएको छ, तर पनी काम भएको छैनन काम हुन्छ भन्दै झुक्याईएको छ । 

चार पटकसम्म  सेवा विस्तारका लागी केन्द्रिय कार्यलय काठमाडौमा धाउदा पनी काम नभएकोमा उहाँले राज्यकै कमजारीले यहाँका स्थानीय संञ्चार सेवाबाट बञ्चित भएको बताउनुभयो ।  कनाका सुन्दरी गाउँपालीका १, २ लगायत आसपासका बासिन्दाले वर्षौदेखि सञ्चार सेवा नपाएपछि मुगुको सञ्चार सेवाको भर पर्नुपरेको छ । 

कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको मुगुको सेवा लिन सातमोठ मुगुको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको नविना भण्डारीले गुनासो गनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!