गुल्मीको धुर्कोटमा गाउँसभा सुरु, अव पशुलाई समेत सुत्केरी भत्ता

Posted on: 21 Jun, 2018

प्रेम सुनार/असार–७, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् । 

उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि , पशुपालनमा बढि  जोड दिईएको छ ।


कृषक परिचय पत्र लागु गर्दै हरेक किशानको उत्पादनका आधारमा अनुदान र प्रोत्साहन भत्ता समेत दिईने र जिल्ला मै पहिलो पटक सुत्केरी पशुलाई समेत पोषण भत्ता दिने उनले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेका छन् । 

उनले महिला सुत्केरीका लागि ‘नो होम डेलिभरी’ कार्यक्रम अगाडी सारेका छन् । 

हरेक महिला गाउँपालिका भित्रैको स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने र आगमी दिनमा आमा र शिशुलाई आवश्यक पोषण उपलव्ध गराउने लक्ष्य लिएको  गाउँपालिका प्रमुख पोखरेलले बताए ।

‘उत्पादन गरौं , आत्मनिर्भर बनौं, समृद्धि धुर्कोट हामी मिली बनाऔं’ भन्ने मुल नाराका साथ प्रस्तुत नीति तथा कार्यक्रममा विभिन्न शिप मुलक तालिम दिदै  गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य लिईएको छ ।  सामिजक सुरक्षाका लागि  नगर सुरक्षा  प्रहरी भर्ना गर्ने ,  अघिल्लो वर्ष देखि खर रहित घरको छाना अभियानको यसै आर्थिक वर्ष भित्रमा खरको छाना मुक्त धुर्कोट बनाउने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा माटो परिक्षण गर्ने र रोगीमाटोको उपचार गरी कृषि उत्पादमा बृद्धि गर्ने , अन्य सहकारी खेती , महिलाद्धारा सञ्चालित सहकारी खेती र उनिहरु द्धारा सञ्चालित विभिन्न ब्यबयासीलाई प्रोत्साहन गरिने भएको छ ।  न्यायिक समितिका अध्यक्ष तथा गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीद्धारा विभिन्न ऐन कानुन सभा समक्ष पेश

–कर तथा गैह्र कर राजश्व लगाउने र उठाउने सम्वन्धमा बनेको कानुन २०७४

–खरिद सम्वन्धी नियमावली –२०७४

–स्वास्थ्य ऐन र वजार अनुमगन सम्वन्धी निर्देशिका

–न्यायिक समिति कार्यविधीका सम्वन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७५

–प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाद्धारा सभाको सहजीकरण

यस्ता छन मुख्य कार्यक्रमहरु

– प्रत्येक वडामा माटो परिक्षण । रोगी मटोको उपचार र उत्पादनमा बृद्धि ।

–कृषिमा विभिन्न क्षेत्रमा विभिन्न खाले खेतीका लागि पकेट क्षेत्र घोषणा गरिने

–२० देखि कृषिमा अनवरत सक्रिय कृषकलाई समाजिक सुरक्षा भत्ता

 –कृषि प्रविधी र औजार खरिरदमा ५० देखि ८० प्रतिशत अनुदान

–कृषि र पशुपालनमा विमाको ब्यवस्था

–किशानले तिर्ने प्रिमियर शुल्क ५० प्रतिशत गाउँपालिकाले तिरी दिने

–तिहारमा कृतिम फुल रहित माला , पुष्प ब्यवसायलाई प्रोत्साहन

–पर्यटन विकासमा जोड , २०७८ धुर्कोट भ्रमण बर्ष घोषणा

–गाउँपालिका भित्र हरेक प्रवेशिका परिक्षामा उत्कृष्टलाई विशेष पुरस्कार

– धुर्कोट स्वास्थ्य केन्द्रलाई थप सुविधा सम्पन्न बनाईने , चौविसै घण्टा सुत्केरी सेवा

–टोल संरक्षण महिला मञ्च वडा स्तरमा गठन, विकृति विसंगतीमा सक्रिय पारिने

–महिला , दलित जनजाती, अल्पसंख्यक र अपाङ्गता भएकालाई लक्षित कार्यक्रम

–विचित्र गुफा, धुर्कोट कोट लगायका धार्मिक् र पर्यटकिय क्षेत्रको  संरक्षण  र विकास

–चुस्त, पाररदर्शी र सेवाग्राहीलाई सहज प्रशासन

–एक घर एक धारा र शुद्ध पिउने पानीको ब्यवस्था

–अग्ला शुद्ध डाँडामा विभिन्न वहुवर्षिय लिफ्टीङ्ग सिस्टम खानेपानी योजना

– वडा वडामा मेलमिलाप केन्द्र, न्याय सम्पादनलाई छिटो र प्रभावकारी

–असार १० गते वजेट पेश गरिने

यस बिषयमा तपाइको प्रतिक्रिया...!