यार्सागुम्बा संकलनमा गएका संकलक घर फर्कर्दै

Posted on: 21 Jun, 2018

टेकेन्द्र बोहरा | असार ७, बझाङ | बझाङको उत्तरी भेगमा रहेको सुर्मा गाउँपालिकाका सैपाल गाँउपालीका मस्टा गाँउपालीका  बिभिन्न लेकमा यार्सागुम्बा संकलनका लागी गएका स्थानिय बासिन्दा फर्किन थालेका छन् । 

जुम्ला, मुगु र कालिकोटका केही क्षेत्रका स्थानिय यार्सा संकलनमा लागी जाने स्थानिय बासिन्दा फर्किन लागेका हुन् । 

यार्सासंकलनका लागी गएका स्थानिय बासिन्दा एक हप्ता अगाडी देखी नै फर्कन क्रम जारी रहेको सुर्मा गाँउपालीका वडा नँ ७ का  पुस्कर बोहराले बताए ।

बोहराले बताए बिगतका बर्षको भन्दा यसबर्ष तुलानात्मक रुपमा यार्सा कम पाईएको छ । यार्सा संकलनका लागी गएका सुर्मा सरोवर तपोवन गएका स्थानीय बासिन्दा यही असार महिनाको मध्य सम्ममा फर्किसक्ने बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!