युककको टाउकोमा खुकरी प्रहार, तीन जना पक्राउ

Posted on: 22 Jun, 2018

राम नारायण पंडित | असार ८, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । मिर्चैया नगरपालिका बडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५/६ जनाको समुहले गएराति खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको हो । 

खुकुरी प्रहारबाट गम्भीर घाईते भएका यादवको मिर्चैया स्थित मंगलम हेल्थ केयरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते  यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरिरको बिभिन्न भागमा निलडाम रहेको बुबा हरीले बताए ।  


आफ्नै घरमा सुतिरहेका अबस्थामा गएराति करीब १ बजेतिर आएका उक्त समुहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरी ज्यानै लिने प्रयास गरेको बुवा हरिको भनाई रहेको छ । 

घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले बताए । अनुसंधानमा असर पर्ने भएकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!