नवलपरासीमा ट्रकलाई बसले ठक्कर दिँदा १५ जना घाइते

Posted on: 23 Jun, 2018

असार ९, नवलपरासी | नवलपरासीको गैडाकोटमा दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् ।  

पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका हुन् । 

नवलपरासीको गैँडाकोट वडा नम्बर ९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । उक्त ठक्करबाट बसमा सवार रहेका १५ जना यात्रुहरु घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केहिको अवस्था सामान्य छ । दुर्घटना लगत्तै सबै घाइते यात्रुहरुलाई चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि लागिएको प्रहरीले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!