छहरे गुफाको मन्दिर उद्घाटन

Posted on: 24 Jun, 2018

असार ११, सल्यान। बनगाड कुपिण्डे नगरपालिकाको गर्चेबजार नजिकै रहेको छ्हरे गुफाको मन्दिर उद्घाटन भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बिनियोजित २ लाख बजेटबाट निर्मित मन्दिर ४ नम्बर वडाका अध्यक्ष मोमत रोका (बादल)ले उद्घाटन गर्नु भएको थियो । 

मन्दिर उद्घाटन क्रममा बोल्दै वडा अध्यक्ष रोकाले स्थानीय सरकारले वडा भित्र रहेका सम्पुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रलाई अझै प्राथमिकता दिदै जाने र त्यसमा पनि छहरे बाजेको गुफालाई विशेष प्राथमिकता दिने बताउनु भएको छ । 

उद्घाटन क्रममा बाजागाजासहित स्थानीय झांकी प्रदर्शन गरिएको थियो । उद्घाटनको क्रममा छहरे बाजेको मुर्ति पनि राखिएको छ ।

बिगत देखि नै सबैले छहरे बाजेको गुफा देखि रहेको र उक्त गुफा नजिकैबाट सल्लीवजार चौरजाहारी सडक भएको र गाडीहरू आवतजावत गर्दाखेरि गाडीहरू रोकिने अनि छहरे बाजेलाई केही भेटी चढाएर गए पछिगाडीहरू चल्ने गरेको र कुनै दुर्घटना हुँदा पनि छहरे बाजेको शक्तिले कुनै अप्रिय घटना नभएको स्थानीयको भनाइ छ । त्यसको वास्तविकता मन्दिर उद्घाटन क्रममा देखापरेको थियो । 

मन्दिर उद्घाटनको कार्यक्रम राखिरहेको बेला नेपालगन्जदेखि चौरजाहारीको लागि बस आएको र मन्दिर बनाएको ठाउँ देखि १ सय मिनेट अगाडि गएर गाडी रोकिएको र त्यस बसमा आएको  एक जना यात्रु नै बसमा पहिला देखि काम्दै आएको र पछि गाडी रोकि सकेपछि मन्दिरमा आएर पुजापाठ गरि भेटी चढाए पछि यात्रु काम्ना रोकिएको र अनि रोकिएको बस सुचारु भएको मन्दिर निर्माण समितिका अध्यक्ष तिलक बुढाथोकीले जानकारी दिनुभएको छ ।  यस्ता घटना पहिला पनि हुने गरेको स्थानीयको भनाइ छ ।

गुफा २०० मिटर लम्बाई ,  ७० मिटर चौडाइ र ८० मिटर उचाई रहेको छ । गुफा भित्र शिव , पार्वती , गणेशका मुर्ति हजारौं सङ्ख्यामा चमेराहरु लगाएत ढुंगाका कलात्मक चित्रहरू रहेका छन । गुफा उद्घाटनमा कुल ब पुन विवेकले छहरे बाजेको मुर्ति सहित प्रदशन गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!