नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

Posted on: 24 Jun, 2018

असार १०, नेपालगञ्ज | ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । 

नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५÷७६ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । 

नगर प्रमुख डा राणाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार निर्माण, भवन संहिता र मापदण्ड, कृषि, पशुपालन उद्योग तथा आर्थिक विकास, स्वास्थ्य, शिक्षा तथा खेलकूद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, विपत् व्यवस्थापन तथा वातावरण संरक्षण, सामाजिक विकास र सुशासन गरी ११ विषय समेटिएका छन् । 

उपप्रमुख उमा थापा मगरले बैठकमा आगामी आव २०७५÷७६ का लागि रु दुई अर्ब ४३ करोड दुई लाख ६३ हजारको अनुमानित आय–ब्यय विवरण प्रस्तुत गर्नुभभयो । 

बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेटमाथि अहिले छलफल चलिरहेको उपप्रमुख थापाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!