मुगुका टोल-टोलमा प्रहरी अभियान

Posted on: 25 Jun, 2018

नन्द बहादुर रोकाया | असार ११, मुगु | मुगु जिल्लका टोल टोलमा  बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरीएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड-रक्सी लगायत महिला हिंशा बालविवाह न्युनिकरण गर्न तथा समाज लाई शान्ती रहित वावारणको सृजृना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको हो । 

जिल्ला प्रहरी कार्यलय मुगुले टोल टोलमा प्रहरी अभियान अन्तरगत बिभिन्न्न सचेतजनका कार्यक्रम गर्ने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । यो अभियान संगै आईतबार लागु औषध द्रुब्यसका बारे जानकारी सहित  लागु औषध द्रुब्यसनीले पार्ने तत्कालीन असर दिर्गकालीन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका  बिद्यार्थी प्रशिक्षण दिईएको थियो । बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थिलाइ लागु औषध द्रुब्यसन सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालयम मुगुले जानकारी दिईएको छ । 

मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भईरहेकाले त्यस्को रोगथाम गर्न र अब घट्न सक्ने घटनाका बारेमा सचेत  गराउन माहाकाली माध्यामिक,बिद्यालयका बिद्यार्थि लाई सचेतनामुलक प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा (रेग्मीले) बताए । उनका अुनसार सकारात्मक समाजको निर्माणमा  गर्न बिद्याथि तथा  बालवालिकाको अहम भुमिक हुने भएकाले बिद्यार्थी लाई टोल टोलमा प्रहरी अभियानका साथै लागु औषध रोगथामा का बारेमा जानकारी गराईएको बताए । 

बालवालिका भविष्यका कर्णदार हुन यो बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनिहरुको भबिष्य  अन्धकार हुने भन्दै प्रमुख जिल्लाका अधिकारी उमाकान्त अधिकारीले अभिबाकले पनि आफना छोराछोरीको संगत लगायत अन्य ब्यबहार निगरानी आग्रह गर्नुभयो । बिद्याार्थीले पनि समाजमा  समाजरुपान्तरयामा सकारात्मक भुमिका खेल्ने भएकोले पनि लागु औषधका बारेमा सचेत गराएको अधिकारीको भनाई छ ।  समाजमा कुनै अपराधिक  क्रियाकलाप  भएका तुरुन्त प्रहरी लाई खबर  जिल्ला प्रहरी कार्यलय मुगुले सबैमा अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!