झापामा रक्तदान कार्यक्रम सम्पन्न

Posted on: 27 Jun, 2018

असार १३, झापा। बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 


प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । एस एण्ड एस अटो मोवाइल्सका सञ्चालक सुमित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी, सचिव मनोज अग्रवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन् । 

एस एण्ड एस अटो मोवाइल्सले सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रेडक्रससँग सहकार्य गरी उक्त कार्यक्रम गरिएको सञ्चालक श्रेष्ठले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रसका सभापति शिवाकोटीले जानकारी दिए । कार्यक्रम बिर्तामोड–४ भद्रपुररोडस्थित हिरो शोरुम परिसरमा सम्पन्न गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!