मुद्धा फैसलामा तिब्र बन्दै जिल्ला अदालत बैतडी

Posted on: 28 Jun, 2018

नरी बडु/असार १४, बैतडी | कुनै समय जिल्ला अदालत बैतडीमा मुद्धा दर्ता गरेको वर्षौसम्म पनि छिनोफानो हुदैनथ्यो । 

कसै–कसैलाई त अदालतको तारिख बोक्दा–बोक्दै बुढ्यौली लागिसकेको हुन्थो । तर आजभोलि त्यस्तो समस्या छैन् । न्याय खोज्न जिल्ला अदालत पुगेका व्यक्तिले दुई–तिन महिनाभित्रै न्याय पाईसकेका हुन्छन् । 

यस आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बैतडीमा जिम्मेवारी सरेर आएका ७ र नयाँ दर्ता भएका ७५ गरी जम्मा ८२ मुद्धा दर्ता भएका थिए । सो मध्ये हालसम्म ७८ प्रतिशत भन्दा बढी मुद्धा फैसला भैसकेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार भिमप्रसाद भुसालले जानकारी दिए । 

जिल्ला अदालत बैतडीका न्यायधिस बिष्णुप्रसाद गौतमले बैतडीसंगै डडेल्धुरा जिल्ला अदालतको कार्यभार पनि समालेका छन् र पनि मुद्धा छिन्नमा भने कत्तिपनि ढीलाई भएको छैन् । “पहिले अदालतमा दर्ता भएको मुद्धा कहिले छिनिन्छ भन्ने टुङ्गो हुदैनन्थो आजभोलि छिटै मुद्धा फैसला हुँदो रहेछ” एक सेवाग्राही करन रानाले भने । जिल्ला अदालत बैतडीमा तुलनात्मक रुपमा सम्बन्ध विच्छेद, जबरजस्तीकरण र करणी उद्योग, सवारी ज्यान, माना चामल, बहु विवाह लगायतका मुद्धाहरु बढी दर्ता हुने गरेको न्यायधिस बिष्णुप्रसाद गौतमले बताए । न्यायपालिकाको तेश्रो पञ्चवर्षिय रणनितिक योजनाले निर्देश गरे बमोजिम मुद्दाको लक्षको तुलनामा फच्र्यौट गर्नुपर्ने, एक वर्ष नाघेको मुद्धा राख्न नहुने र कम्तीमा ७५ प्रतिशत मुद्दा फैसला गर्नुपर्ने लगायतका लक्ष सहित जिल्ला अदालतले न्याय सम्पादनमा तिब्रता दिएको हो । न्यायलाई पर्खेर बसेका सेवाग्राहीहरुलाई छिटै न्याय दिनुनै न्यायालयको मुख्य धर्म भएको कानून व्यवसायी हरिदत्त भट्टको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!