पहिरो र जिविकोपार्जनको लागि वृक्षारोपण

Posted on: 29 Jun, 2018

बिरा गडाल | असार १५, बैतडी | पहिरो रोकथाम तथा जिविकोपार्जनको लागि दशरथचन्द नगरपालिका–१, गुरुखोलामा रहेको बकुल्ला पैराड कवुलियती वनमा वृक्षारोपण गरिएको छ । ‘सम्वृद्धिका लागि वन तथा स्वच्छ वातावरण महाअभियान’ अन्र्तगत सरकारले सुरु गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी  जिल्ला वन कार्यालयले खाली रहेको वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण स्थलमा आयोजित वृक्षारोपण कार्यक्रम बोल्द प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाली रहेका क्षेत्रमा वृक्षारोपण गरेर वातावरण सन्तुलन गर्नुका  साथै वन पैदावरबाट स्थानीयको आयस्तर बढने सक्ने समेत टेवा पुग्ने बताए । कवुलियती वन क्षेत्रमा उतिस, टुडी, नेपियर, ओखरलगायतका करिब दुई हजार दुई सय बिरुवा लगायएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।

वन क्षेत्रमा बोट विरुवा नहुँदा उक्त क्षेत्रमा पहिरोको प्रकोप बढदै गएको छ । गाउँमाथि रहेको वन क्षेत्रबाट जाने पहिरोले तल रहेका करिब ५० घर जोखिममा भएकाले वृक्षारोपण गरिएको हो । बिरुवा हुर्केपछि पहिरो रोकथाम, जलाधार संरक्षण र ओखर, डाँलेघासका बिरुवाबाट आयआर्जन गर्न सकिने जिल्ला वन कार्यालयले जनाएको छ ।

 केही वर्ष अघिसम्म हराभरा रहेको वन क्षेत्र फडानीको क्रम बढेपछि सुख्खा डाँडामा परिणत भएको छ । सुख्का डाँडाबाट सडक काटिएपछि गाउँ नै जोखिममा रहेको वडा नम्बर १ का अध्यक्ष भुवनप्रसाद भट्टले बताए । ‘रुख काटने क्रम बढ्यो,’ उनले भने, संरक्षणमा कसैको ध्यान नगएपछि पानीका मुहानसमेत सुक्दै गएका छन् ।’ आर्थिक अवस्था कमजोर भएका १५ परिवारलाक्षर्् समेटेर कवुलियती वन बनाएपछि उनीहरुको आर्थिक अवस्था सुधार हुने बताइएको छ ।  वन क्षेत्रमा डाँले घास हुर्केपछि पशुपालन व्यवसायबाट आम्दानी लिन सक्ने जिल्ला वन अधिकृत सापकोटाले जानकारी दिए । वन क्षेत्रमा रहेका विरुवा हुर्काउन र पहिरो नियन्त्रण गर्न नगरपालिकाले समेत पहल थालेको बताइएको छ ।


माथिको तश्विरमा: राष्ट्रिय वृक्षारोपण दिवसमा बोट रोपेर उद्घाटन गर्दे प्रजिअ सिद्धराज जोशी ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!