गुल्मीमा भेटिएको शव बाग्लुङ्गकी महिला भएको पहिचान

Posted on: 01 Jul, 2018

प्रेम सुनार । असार १७, गुल्मी | यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा  उनि बाग्लुङ्गको ताराखोला गाउँपालिका  वडा नम्वर ४ कि  ४६ बर्षिय चन्द्री दर्जि भएको पहिचान भएको  सो कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले जानकारी दिए । 

उनि असार ७ गते घरबाट हिडेको उनका श्रीमान तिलकबहादुर दर्जिले बताएको प्रहरीले जनाएको छ । श्रीमतिको शव दर्जीले बुझेर लगेका छन् । 

स्मरण रहोस: असार १५ गते एकै दिन दुई महिला सहित तीन वटा शव फेला परेको थियो भने दोश्रो दिन एक जनाको  लडेर मृत्यु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!