नवलपरासीमा बाढीले सडक बगायो, अधिकांश पहाडी सडकहरु अवरुद्ध

Posted on: 02 Jul, 2018

असार १८, नवलपरासी | वर्षाका कारण नवलपरासीका अधिकांश पहाडी मार्गहरु अवरुद्ध भएका छन् भने नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएको छ ।

पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका छन् । नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुलिङटार जाने पहाडी मार्ग ठाउँठाउँमा साना तथा ठूला पहिरोले अवरुद्ध भएका छन् ।

त्यस्तै पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ । रहजर प्रहरीले उक्त क्षेत्रमा उद्दार गरेपछि अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक सुवेदीले बताए ।

नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएपछि त्यस सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले खजुरी खोलामा मोटरसाइकलसमेत चलाउन नमिल्ने गरी खोलाको सतह गहिरिएको छ । 

माथिको तश्विरमा: नवलपरासीमा पानीको प्रभाव 

यस बिषयमा तपाइको प्रतिक्रिया...!