दाङमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on: 04 Jul, 2018

असार २०, दाङ | ट्याक्टरको ठक्करबाट यहाँ एकजना साइकल यात्रीको मृत्यु भएको छ । 

मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ । 

रा १ त ३७० नं को ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा बाटोमै आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!