चुस्स स्वादिलो ब्ल्याक टी !

Posted on: 04 Jul, 2018

प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रित तातो पानी मिलाउनुहुन्छ र बनाउनुहुन्छ मज्जाको स्वादिलो ब्ल्याक टि । यो वहाँको दैनिकी नै बनिसकेको छ ।

 

कैलालीको लम्कीमा घर भएका जोशीले यो पेशा अपनाउन थालेको नै झण्डै दुई दशक भन्दा बढी भएको छ । हाल वहाँ गुलरिया नगरपालिकाको बजार क्षेत्रलाई नै आफ्नो व्यवसायिक क्षेत्र बनाएर चिया बेच्न लाग्नुभएको पनि ८ महिना भएको छ । कैलाली घर भएपनि यहाँको बजार र अवस्थिति अनि धेरै टाढा पनि जानु नपर्ने भएकोले यहि नै डेरा लिएर बसेको वहाँ बताउनुहुन्छ । वहाँ अहिले आफ्नै जीवन सँगिनीको साथमा बसिरहनुभएको छ । 

भारतको लखनउमाा सााडे ६ वर्ष जति यहि पेशा गरेको र जीवनको धेरै समय यस्तै काममा वितेकोले पनि यहि कामप्रति आकर्षण बढेको वहाँ बताउनुहुन्छ । दैनिक ८० देखि १ सय कपसम्म चिया बेच्नुहुने वहाँ बताउनुहुन्छ । 


वहाँले बनाउनुभएको चियाको स्वाद एकक पटक लिएमा सधैँ खाउँ खाउँ हुन्छ, त्यत्ति स्वादिलो चिया कसरी बनाउनुहन्छ भन्ने जिज्ञासामा वहाँले साझा सबाललाई भन्नुभयो, ‘मसलामा सबै कुरा अलैची ल्वाङ्ग सोप, ज्वानो लगायतका जडिबुटीहरु आफैले मिसाएर तयार गर्ने गरेको छु, त्यसैले पनि सबैले मैले बनाएको चिया पिउनुहुन्छ ।’

जीवनको उत्तरार्धतर्फ जाँदै गर्दा पनि वहाँ अझै सक्रिय हुनुहुन्छ र भन्नुहुन्छ, ‘जहाँसम्म सकिन्छ  पेशा गर्छु ।’ भारतका विभिन्न ठाउँमा १० १२ वर्षसम्म यहि काम गरियो भने झन् आफ्नै देशमा गर्न पाएकोमा खुशी छु । ‘थोरै लगानीमा मज्जाले गुजारा चल्ने भएकोले शरीरले साथ दिँदासम्म यहि पेशा गरिरहने छु, भन्नुहुन्छ डिल प्रसाद जोशी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!