बाटोमा भेटिए बैंक म्यानेजर ! (भिडियो सहित)

Posted on: 05 Jul, 2018

प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न यतिखेर भने विद्यालयमा बर्खे विदा भएकोले जुटिरहेका छन् विद्यार्थीहरु ।

 

उनीहरुलाई बर्खे विदाको गृहकार्य गर्न पनि उत्तिकै चटारो पनि छ । त्यसैले त उनीहरु यसरी सडकछेउमै कक्षाकोठा नै खडा गरेर गृहकार्य गर्न मस्त थिए यसरी आधा दर्जन बालबालिकाहरु । घरमा पालिएका गाई, भैंसी, बाख्रा लगायतका बस्तुभाउहरु फाँटमा चराउँदै गृहकार्य गरिरहेका थिए उनीहरु ।

यसरी गृहकार्य गर्दै गरेका श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय ढोढरीमा कक्षा ६ अध्ययन गर्दै गरेका १३ वर्षिय अनुराज थारुले एकातिर जङ्गल र अर्कोतिर सडक रहेको स्थानमा बसेर पढिरहेका थिए । तर उनको पढाइको ध्यान धेरै समय टिक्न सकेन किनकी उनले चराइरहेका राँगा भैँसी अर्काको खेतमा गएर केही खाइदिने पो हुन् कि भनेर दौडिहाले यसरी । 

यसैगरी मधुवन नगरपालिका अन्तर्गत ताराताल नजिकै बसेर आधा दर्जन बालबालिकाहरु यसरी पढिरहेका थिए । झट्ट हेर्दा जो कोहिलाई पनि बालापनको याद दिलाउने यो दृश्यले यहाँहरुलाई पनि आफ्नो बालापनको याद ताजा गरायो होला । एकातिर सवारी साधनहरुको तीब्र गतिको डर छ भने अर्कातिर चराउन लगिएका पशुहरु कतै जाने पो हुन् कि भन्दा पढाइमा मात्रै ध्यान केन्द्रित भएको थिएन । श्री शुक्र मा.वि. तारातालमा कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्री मेधावी विद्यार्थीहरुमध्ये एक हुनुहुँदो रहेछ भन्ने कुरा हामीलाई वहाँको लेखन क्षमताबाटै आँकलन गर्न सहज भयो । यसैगरी कक्षा ६ मा अध्ययन गर्ने अर्का विद्यार्थी प्रकाश सुनारले भने गणितको समूह पाठबाट हिसावहरु गरिरहुनभएको थियो । 

विद्यालयका राम्रा पक्षहरुबारे भन्न अलि हिच्किचाइरहेपनि अर्की कक्षा ४ मा अध्ययन गर्ने सृष्टि पन्तले भने विद्यालयमा सबैभन्दा मन पर्ने शिक्षक रामु सर भएको बताउनुभयो । विद्यालयको राम्रो कुरा भनेको सबै मन पर्ने र अझै राम्रो हुन विद्यालयको चौर र शौचालय सफा राख्नुपर्नेमा जोड दिनुभयो ।

कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्रीले भने एसइईमा ए प्लस ग्रेड प्राप्त गर्ने लक्ष्य रहेको र भविष्यमा गएर बैंक म्यानेजर बन्ने लक्ष्य रहेको बताउनुभयो । बाबा वैदेशिक रोजगारी र आमा घरकै काममा रहनुभएको एउटा दाजु पनि सँगसँगै पढ्ने गरेकोेले आफ्नो पढाइमा अझ टेवा पुगेको वहाँ बताउनुहुन्छ । 

हुने विरुवाको चिल्ल्लो पात भनेझै, गर्न चाहने र लगनशील विद्यार्थीले जहाँ जसरी भएपनि प्रगति गरेकै हुन्छ । भनिन्छ, ‘ढुङ्गाको काप फोडेर पनि पिपलको अजङ्घको रुखको रुप लिन्छ, त्यसैगरी यी सबै बालबालिकाहरुको सपना पनि साकार होस् शुभकामना । 

हेर्नुहोस् भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!