सामुदायिक वन उपभोक्ता महासंघ दाङमा नयाँ नेतृत्व चयन

Posted on: 05 Jul, 2018

असार २१, दाङ | सामुदायिक वन उपभोक्ता महासंघको पाँचाँै अधिवेशले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ । 

उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र कोषाध्यक्षमा कमलराज शर्मा र अन्य २० जना सदस्य छानिनुभएको छ । 

दाङका १० वटै स्थानीय तहबाट ७६ जना प्रदेश प्रतिनिधि पनि चयन गरिएको सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो । 

दुई दिनसम्म सञ्चालन भएको अधिवेशनले जिल्ला वन कार्यालय र प्रदेश वन कार्यालयसँग समन्वय गर्ने, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी कार्यका लागि रेड कार्यान्वयन केन्द्रसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैगरी स्थानीय महासंघ, वन समूह र जिल्ला महासंघबीचमा सहजीकरण गर्दै सुशासनका लागि अभियान सञ्चालन गर्ने, वन समूहको अधिकारका लागि नीतिगत पैरवी गर्दै संस्थाको मूल्य मान्यता र उद्देश्यमा आँच आउन नदिने, उद्देश्य मेल खाने संस्थाहरुसँग समन्वय गरी कार्य गर्ने, जैविक विविधता संरक्षण तथा विपन्न र वञ्चित वर्गको आयआर्जनमा सहयोग पु¥याउने, समृद्धिका लागि वन अभियानअन्तर्गत वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न पहल गर्नेजस्ता निर्णय पनि गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!