मालुमा बस दुर्घटना हुँदा एक बालिकासहित पाँच महिला घाईते

Posted on: 06 Jul, 2018

(सास)। असार २२, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

                                                तस्बिर ः फेसबुक

गाउँपालिकाको वडा नम्बर ७ हाँवाबाट यात्रु लिएर राजधानी काठमाण्डौं जाँदै गरेको सगरमाथा यातायातको बा.२ ख ६६०५नम्बरको बस साविक मालु गाविसको थलारी भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाईते भएको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिनुभयो । घाईते हुनेहरुमा तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाकी ५० बर्षिय ओलकमाया फुयाँल, सोहि ठाउँकी २५ बर्षिय कल्पना घिमिरे, भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतिकी ५६ बर्षिय फुलमाया खाति र २ बर्षिया बालिका सलिना खाति तथा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुकी ६५ बर्षिय पदममाया खड्का रहेको प्रहरीको भनाई छ ।

घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि चरिकोट ल्याईएको छ । उनीहरुको चरिकोटस्थित दोलखा सामुदायिक हस्पिटलमा उपचार भईरहेको र उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

बसको बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । करिब बिहान ९ बजे बस दुर्घटना भएपछि तामाकोशी ४ का वडा अध्यक्ष होमबहादुर श्रेष्ठसहित स्थानियबासीले घाईतेहरुको उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको भिरकोट–हाँवा सडक खण्ड भएर काठमाण्डौं जाने गरेको बस मालु गैरागाउँमा स्काभेटर बिग्रिएर बाटो अबरुद्ध पारेपछि मालु डाडाँगाउँ–मालुखोला सडकखण्डबाट काठमाण्डौं जान लागेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!