रारामा कुक तथा आतिथ्यता तालिम सम्पन्न

Posted on: 06 Jul, 2018

नन्द बहादुर रोकाया/असार २२, मुगु | मुगु जिल्ला तथा कर्णालीप्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सातदिने कुक तथा आतिथ्यता तालिम सम्पन्न भएको छ । 

नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन विकास समितिको आयोजनामा तालिम संचालन गरिएको थियो । तालिममा रारा वरिपरीका होटल व्यवसायी र स्थानिय यूवायूवतिको सक्रियतापूर्वक सहभागिता भई कुक तथा आतिथ्य तालिम लिईएका छन ।  


रारामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानिय परिकारको स्वाद चखाउनुका साथै यहाँ रहेका स्थानियहरुलाई आत्मनिर्भर वनाउने र राराको पर्यन विकासमा टेवा पुग्ने उदेश्यका तालीम दिईएको रारा पर्यटन बिकास समितिका अध्यक्ष एवं कर्णालीका यूवापर्यटन अभियानता देबिकृष्ण रोकायाले वताए । 

उनका अनुसार रारा पर्यटन विकास समितिले यस अघिका कार्यक्रमलाई निरन्तरता दिदै नेपाल पर्यटन वोर्ड संग सहकार्य गरेर कार्यक्रम गरिएको आगामि दिनमा पनि यस्ता कार्यक्रम गरिने उहाँको भनाई छ । २०७५ लाई प्रदेश सरकारले कर्णाली रारा पर्यटन भ्रमण वर्ष मनाई सकेको छ । 


उक्त पर्यटन भ्रमण वर्षमा रारा बाट प्रधानमन्त्रि के.पि. शर्मा वलिले देशवासिको नाममा सम्वोधनगर्नु भएको थियो । रोकाया भन्छन् प्रदेश सरकारले कर्णाली रारा पर्यटन भमण वर्षलाई सफल वनाउन आवश्य पूर्वाधार र दक्ष जनशक्ति तयार गर्नु पर्ने देखिएकाले बेरोजगार युवालाई तालिम दिईएका हौ । समापन कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले रारामा आउने पर्यटक लाई राम्रो बोल्न र सभ्य ब्याबाहर गर्न आग्रह गर्नु भयो । आन्तरकि तथा बाह्य पर्यटक मुगुको रारा आउदाँ  अरु लाई पनी एकपटक रारा जानै पर्ने ठाउँ छ है भन्ने सन्देश लिएर स्यावगत गर्नु पर्ने बताए ।  पर्यटक लाई स्थानीय परिकार खुवाउन र तालीमा सिकेका कुरा ब्याहारमा लागु गर्नु तालीमा सहभागी सबैलाई सुझाव समेत दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!