गास जुटाउन जाँदा लाश बनेर फर्कनुपर्यो !

Posted on: 08 Jul, 2018

असार २४, रोल्पा | थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ ।

दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ ।

पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो ।

पहिलेका श्रीमानको निधनपछि धनपुरीले गाउँकै हितबहादुर रोकासँग विवाह गर्नुभएको थियो । अब हितबहादुर रोका पनि सन्तानविहीन हुनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका कमानसिंहकी श्रीमती र कविताका श्रीमान घाइते भएका छन् । कमानसिंह रोल्पाबाट बसाइ सरी कपिलवस्तु बस्दै आउनुभएको थियो भने कविताको विवाह दाङमा भएको थियो ।

- आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!