कमाउन गएको श्रीमानको शव आएपछि श्रीमति वेहोस, शोकमग्न दाङ

Posted on: 08 Jul, 2018

प्रेम सुनार | असार २४, बुटवल | शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मुत्यु भएपछि राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ ।

राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ति ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परि मुत्यु भएको थियो । एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शनिवार शोकमा थियो ।

दैनिक मजदुरी गरि जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन । त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ । उनिहरुसंगै राजपुर गाँउपालिकाका २ जना दुर्घटना परि मृत्यु भएका छन । राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो ।


कैलाली जिल्ला नारायणपुर नगरपालिका–८ हाल राप्ती गाँउपालिका ३ माइतीघर भएकी २२ वर्षिय विन्ती घर्ति लगाएत २० जनाको मृत्यु भएको थियो । दाङ , कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटम पछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन ।

उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा गएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!