हवाई टिकटमा सिण्डिकेट हटेन

Posted on: 09 Jul, 2018

रेशमराज रोकाया | असार २५, हुम्ला | भारतिय नागरिकको भिँड र विमान कम्पनीको सिण्डिकेटले गर्दा नेपाली र हुम्ली विमान यात्रुलाई उपचार गर्न नपाउँदा ज्यानै धरापमा राख्नु पर्ने अवस्था रहेको छ । विमान कम्पनीले भारतिय पर्यटकलाई मात्र हवाई टिकट दिँदा यस्तो समस्या हुने गरेको छ । हवाई टिकट नपाउँदा दिनहुँ हुम्ली र नेपाली पर्यटकले हप्तौं सिमिकोटमा कुर्नु पर्ने अवस्था रहेको छ । टिकटको लागि विहानै विमानस्थल गएको भएता पनि सयौं नेपाली यात्रु समस्यामा परेका छन् ।

आँखामा चोट लागेको उपचार गराउनको लागि जिल्ला अस्पताल सिमिकोट आएको भएता पनि जिल्लामा उपचार हुन नसक्ने स्वास्थ्यकर्मीले सल्लाह दिँदा उपचारको लागि जिल्ला बाहिर जान नपाउँदा सर्केगाड गाउँपालिका वडा नं. ८ का खड्कवीर बुढा आँँखा फुट्ने अवस्थामा सिमिकोटमा १ हप्ता विताएको पिडा पोख्दै थिए । त्यसै गरी माध्यमिक शिक्षा उतीर्ण परीक्षा उतीर्ण पछि उच्च शिक्षा हासिल गर्नको लागि शहरी क्षेत्रमा जानको लागि विद्यार्थीलाई झन् समस्या रहेको छ । सामान्य व्यक्तिको त परै जाओस्, दृष्टिविहिन २ जना बालबालिका काठमाडौं जानको लागि टिकटको लागि कुरेको आज १ हप्ता भयो टिकट पाउनको लागि पहुँच नै पाएका थिएनन् । सिमिकोट गाउँपालिका वडा नं. २ का गोरासिँह बोहोरा पूर्ण दृष्टिविहिन विद्यार्थी र खार्पुनाथ गाउँपालिका वडा नं. ५ का ललीता रोकायाले समेत टिकट पाउन सकेको थिएनन् । ‘भन्ने बेला हरेक विमान कम्पनीले अपाँगता भएका व्यक्तिको लागि टिकट सुरक्षित भएको हवाला छ तर टिकट उपलव्ध हुन नसकेको छैन’ बोहोराको भनाई रहेको छ । बल्ल १ हप्ताको कुराई पछि २ दृष्टिविहिन बालबालिकाले हुम्लामा रहेका सञ्चारकर्मीको सहयोगमा हवाई टिकट पाएका छन् । हुम्लामा कार्यरत नयाँ पत्रिकाकर्मी नरजन तामाङ, अन्नपूर्णकर्मी नवराज महतारा र कारोबारकर्मी रेशमराज रोकायाले उनीहरुको मर्मलाई बुझेर हवाई कम्पनीसँगको सहकार्यमा सिता ईयर र तारार ईयरमा टिकट उपलव्ध भएको थियो ।

यहि असार २९ गते शिक्षक सेवा आयोगको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा समावेश हुनको लागि जिल्लाका ४८ जना शिक्षकले टिकट नपाउँदा परीक्षा दिन नसक्ने अवस्थामा पुगेका छन् । हवाई उडानमा टिकट पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी कक्षमा पुगेका अस्थायी शिक्षकले ज्ञापन पत्र बुझाई माग सम्वोधन गर्नको लागि अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले हुम्लामा सञ्चालनमा आएका विमान कम्पनीलाई अस्थायी शिक्षकको परीक्षालाई ध्यानमा राखी हवाई टिकट उपलव्ध गराउनको लागि अनुरोध गरिएको समेत जानकारी गराउनु भयो ।

जिल्लामा विरामी र अन्य कामको शिलशिलामा जिल्ला बाहिर जानु पर्ने यात्रुले भने महिनौं दिन सम्म कुरेको भएता पनि टिकट नपाउँदा समस्या भएको पाईएको छ । विरामीको उपचारको लागि १ जनालाई हरेक हवाई कम्पनीले सिट उपलव्ध गरेको भएता पनि अन्य यात्रुलाई असहज भएको छ । दिर्घ रोगी र हुम्लामा उपचार गर्न समस्या भएका विरामीको लागि ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । विमान कम्पनी र हुम्ला उद्योग वाणिज्य संघले गत जेठ पहिलो हप्ता गरेको अनुसार हरेक विमान कम्पनीको उडानमा अनिवार्य २ जना नेपाली यात्रुलाई टिकट उपलव्ध गराउनु पर्ने गरिएको भएता पनि विमान कम्पनीले यसको बेवास्ता गर्ने गरेको छन् । हवाई कम्पनीले भारतिय नागरिकलाई मात्र ध्यान दिने गरेको र टिकट दिने गरेको पाईएको छ । 

गत केही महिना अगाडी उद्योग वाणिज्य संघ, नागरिक समाजका प्रतिनिधीसँग हरेक उडानमा २ जना नेपाली नागरिकलाई हवाई टिकट दिनु पर्ने प्रावधान राखेको भएता पनि हवाई कम्पनीले यो नियमलाई उलंघन गर्दै आएका छन् । विरामी र अति आवश्यक काम परेका नेपाली हवाई यात्रुलाई विमानस्थलमा दिनभरी कुर्नु बाहेक कुनै उपलव्धी हुन सकेको छैन । हप्तौं देखी हवार्य कम्पनीका हाकिमलाई समेत भेट्न गाह्रो हुने गरेको छ । विमान कम्पनीका कार्यालय खुला नै हुन छाडेका छन् । विमानस्थलको एप्रोनमा नै हवाई जहाजको कागजात तयार गरी एकोहोरो भारतिय नागरिकलाई मात्र टिकट उपलव्ध गर्ने गरेका छन् ।


क्याप्सनः हवाई टिकट नपाउँदा समस्यामा रहेका नेपाली यात्रु । फोटो:  रेशमराज रोकाया

कहिले पुग्ला मोटरबाटो ?

हरेक वर्ष बैशाख महिना देखी कार्तिक महिना सम्म हुम्लीले हवाई टिकटको समस्या समाधान भोग्ने गरेका छन् । भाडा भन्दा बढी पैसा दिँदा पनि टिकट नपाउने समस्या अझै हुम्ली र नेपाली यात्री भोग्दै आएका छन् । कामको शिलशिलामा जिल्ला बाहिर जानको लागि देशको ७७ औं जिल्ला हुम्लामा मोटरबाटो नहुँदा सबैले हवाई यातायात बाहेक कुनै विकल्प रहेको छैन । कर्णाली करिडोरको मोटर बाटो कछुवा गतिमा अगाडी बढी रहेको छ । महँगो भाडा तिर्दा पनि हवाई टिकटको लागि हुम्लीले अझै सहज नभएको सबैको भनाई रहेको छ । टिकटको लागि विहानै ५ बजे देखी विमानस्थल नजिक रहेका हवाई कम्पनीको कार्यालय अगाडी लाईन बसेको भएता पनि न कार्यालय खुल्छ न नेपाली यात्रुले टिकट पाउँछन्, भोक भोकै घर फर्कनु बाहेक कुनै विकल्प नरहेको अवस्था छ । सरकारी ध्वजा वाहक नेपाल ईयरलाईन्सले हवाई उडान नभरेको १ महिना हुन लागेको छ । नेपाल ईयरलाईन्सले हप्तामा सोमबार र विहिबारको उडान तालिका भए पनि नियमित उडान नगर्दा झन् समस्या थपिएको छ । गएको २ दिन अघि देखी मात्र पानी ३ दिन सम्म पर्दा भारतिय नागरिक थुप्रिँदा झन् समस्या चुलिएको हो । नेपाली सेनाको हेलिकोप्टरले २ दिन सम्म भारतिय नागरिकलाई उद्धार गरेको भएता पनि नेपाली यात्रुको समस्या न स्थानिय प्रशासनले देखेको छ न कुनै हवाई कम्पनीले सहज बनाएको छ । हवाई कम्पनीका कर्मचारीले टिकट छैन मात्र भनेर टार्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!