सालकको खपटासहित नुवाकोटका दुईजना काठमाडौंबाट पक्राउ

Posted on: 10 Jul, 2018

असार २६, काठमाडौं । काठमाडौंबाट सालकको खपटासहित २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार साँझ सालकको खपटासहित लैनचौरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार उनीहरुको साथबाट १०५ ग्रामको सालकको खपटा बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि अहिले प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाउने तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!