दार्चुलाको लेकम घर भएका नैनराम कञ्चनपुरस्थित महाकाली नदी किनारामा मृत फेला

Posted on: 10 Jul, 2018

लोकेन्द्र जोशी | असार २६, दार्चुला | दार्चुलाको लेकम गाउँपालिका घर भइ जग्गा अधिया लगाएर कञ्चनपुरको भुजेलामा बस्दै आएका नैनराम सार्की मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालीका ११ भुजेला स्थीत महाकाली नदी किनारमा ४५ वर्षीय सार्की मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महाकाली नदीको तटबन्ध नजिक सार्कीको शव संकास्पद अवस्थामा फेला परेको हो ।

सार्कीको टाउकोमा गाडी चढाएर हत्या गरेको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले भन्नुभयो, ‘पुरै टाउको फुटेको छ, गिद्धि बाहिर निष्केको छ ।’ बाँया हातको पाखुरा समेत टुटेको छ । घटना राती भएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीले सार्कीको मृत्यु बारे अनुसन्धानको कार्य अगाडी बढाइएको जनाएको छ ।

यसैविच, महाकाली नदीमा पहिचान खुल्न नसकेको एक पुरुषको शव समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नदीले शव बगाएर ल्याएको हुन सक्ने प्रहरी अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!