दार्चुलाको नौगाड गाउँपालिका बाढी पहिरोको चपेटामा (हेर्नुहोस १२ तस्बीर)

Posted on: 11 Jul, 2018

लोकेन्द्र प्रशाद जोशी/असार २७, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको छ । केहि दिनदेखी भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका, सदरमुकामसहित नौगाडको ठुलो भुगोल बिपद्को जोखीममा रहेको स्थानियले बताएका छन् ।


नौगाड खोलाको बाढीले गाउँपालिकाको धुलिगडा खार खडकखन्डका साथै बिभिन्न भेग जोड्ने बाटोघाटो अबरुद्ध भएका छन । मनबिर ठगुन्नाको एक पसल, स्थानियहरुका केहि घरहरु बगाउनुका साथै होपरीगाड बस्तीका सयौ घर पसलहरु बाढी पहिरोको उच्च जोखीममा रहेको स्थानिय प्रेम ठगुन्नाले बताउँनुभयो । भौतिक क्षति भएपनि मानबिय क्षति नभएको र बाढी पहिरो प्रभाबितहरुलाइ सुरक्षित स्थानतर्फ ब्यबस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनुभयो ।

नौगडेश्वरी प्राबि र समैजि निमाबि सौकेबगरको प्राङगण सम्म कटान भएर बिद्यालय उच्च जोखीममा रहेका छन् । स्थानियको ठुलो मात्रामा घर र जमिन बगाएको छ । खार र गोदानी खोलामा यसैबर्ष लगाइएका दुइ ओटा आरसिसि पुल समेत बाढीले बगाएको छ । नौगाड गाउँपालिका १ मा रहेको प्राबि लक्सेरीको माथीबाट पहिरो खसेर उच्च जोखीममा रहेको छ । बाढी र पहिरोको जोखीममा रहेका नौगाड गाउँपालिकाका बिद्यालयहरु बन्द गरीएका छन । अझैपनि नदीमा पानिको सतह घटीनसकेको कारण सतर्कता अपनाउँन गाउँपालिकाले सबैलाइ आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!