बेनी–जोमसोम सडक अवरुद्ध

Posted on: 11 Jul, 2018

असार २७, म्याग्दी | अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । 

बेनी–जोमसोम–कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!