मनमोहन स्मृति कराते शनिबार

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौँ | नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । 

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ । 

विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिनुभयो । 

उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!