कञ्चनपुरमा हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

Posted on: 11 Jul, 2018

असार २७, कञ्चनपुर | भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र(सेफ हाउस) सञ्चालन गरिएको छ । 

भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ हाउस सञ्चालन गरिएको हो । 

सञ्चालनमा आएको सेफ हाउस सञ्चालनका लागि दुई कर्मचारी राखिएका छन् । 

भीमदत्त नगरपालिकाले सेफ हाउसका लागि सहकारीलाई अनुदान दिने सम्झौता गरिएको छ । 

सेफ हाउसले हिंसामा परेका महिला र बालबालिकालाई समस्यामा परेको बेलामा राहत दिने नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले बताउनुभयो । भीनपाको महिला तथा बालबालिका समाज कल्याण उपशाखा प्रमुख डम्मरा पन्त लेखकले हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनःस्थापन नहुँदासम्म सेफ हाउसमा राखिने बताउनुभयो । 

अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा सञ्चालन गरिएको सेफ हाउसका लागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ । 

यसअघि महिला तथा बालबालिका कार्यालयको अनुदानमा कार्यालय नजिक सेफ हाउस सञ्चालनमा थियो । स्थानीय तह निर्वाचनपछि विषयगत कार्यालय स्थानीय तहमा आएपछि आर्थिक स्रोत नभएर सेफ हाउस बन्द गरिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!