सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

Posted on: 12 Jul, 2018

असार २८, राजविराज | सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो । 

बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ । 

त्यस्तै वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कृष्ण सवरन गाउँपालिका–३ बस्ने चार वर्षीय जीवन मण्डलको खेल्ने क्रममा घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!