नवलपरासीमा यात्रुवहाकबस दुर्घटना: १ को मृत्यु, २१ घाइते

Posted on: 12 Jul, 2018

असार–२८, बुटवल। आज  विहान नवलपरासीमा भएको वस दुर्घनामा  गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको  छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका छन भने १२ जना घाईतेहरुको उपचार हुँदैछ ।

 

आज विहान पौने सात वजेको समयमा नारायणघाटबाट नेपालगञ्जका लागी छुटेको ना ६ ख ९४३८ नम्वरको बस नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा दुर्घटना भएको थियो  ।

त्यस दुर्घटनामा गुल्मीको  गाउँपालिकका वडा न– ७  घमिर अर्चेङका  ३७ वर्षिय गणेश लम्साल रहेका  मृत्यु भएको हो ।  मालिका ७ घमिरका वडाध्यक्ष वेदप्रसाद पन्थीले भने–‘ अँस्ती सम्म यहि देखिन्थे । त्यहाँको एक सिमेन्ट कारखानामा काम गर्न जान्छु भन्दै हिडेका थिए , उनैको दुखत निधन भएको खवरले हामी स्तव्ध छौं । ’

नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले उनको मृत्यु भएको र २१ जना घाईते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका र १२ जनाको उपचार भई रहेको जानकारी दिए । उनका अनुसार ९ जनाको भैरहवा मेडिकल कलेजमा र ३ जनाको वुटवल जेनस अस्पतालमा उपचार भई रहेको छ । 

 घाईतेहरु खतारमुक्त रहेका छन । दुर्घटनामा बस चिप्लिएर राजमार्ग देखी २० मिटरको दुरिमा पल्टिएको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!