साउन १ गतेदेखि तीव्र गतिमा सवारी कुदाउनेलाई दोब्बर जरीवाना

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौँ | साउन १ गतेदेखि सवारी साधान तीब्र गतिमा कुदाउने चालकलाई दोब्बर जरिवाना गराईने भएको छ । महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा सवारी चलाएवापतको जरिवाना रकम दोब्बर बनाउने भएको हो । 

यसअघि तीब्र गतिमा सवारी चलाउँदा ५ सय रुपैयाँ जरिवाना लिइँदै आएकोमा अब १००० लाग्ने भएको छ । यस अघि १३ वैशाखमा तीब्र गतिमा सवारी चलाएवापत ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्थासहितको पत्र ट्राफिकलाई पठाएको थियो । 

ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!