नुवाकोट खुला दिसामुक्त जिल्ला घोषित

Posted on: 12 Jul, 2018

असार २८, नुवाकोट | नुवाकोटलाई आज खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ । 

विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले यहाँको बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको घोषणा गर्नुभयो । 

उहाँले सरसफाइको न्यूनतम मापदण्डअन्तर्गतको कार्यक्रममा समावेश भए पनि पूर्णसरसफाइतर्फ लैजान आग्रह गर्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यहाँका ६९ हजार ६१८ घरमा पक्की शौचालय निर्माण तथा जिल्लाको सबै स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेको आधारमा सिङ्गो जिल्लालाई नै खुला दिसामुक्त घोषित गरिएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!