दार्चुलाको नौगाडमा बाढीबाट दर्जन बढि परिवार विस्थापित, सकडमा बास, राहत पुगेन

Posted on: 13 Jul, 2018

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा बाढी र पहिरोकोका कारण दर्जन बढि परिवार विस्थापित भएका छन । केहि दिनदेखीको निरन्तर बर्षाका कारण बाढी पहिरोको चपेटामा परी दर्जन बढी परिवारको सडकमै बास भएको हो । दर्जनौ मानिसको सडकमा बास भएको छ भने गाउँपालिकामा बिभिन्न भौतिक संरचना क्षति हुदा करोडौको धनमाल क्षति भएको छ । सञ्चार समस्याका कारण क्षतिको एकिन बिवरण संकलनमा समस्या भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बिहीबार वडा नम्बर ५ र ६ मा अनुगमन गर्दा दर्जन बढि घर परिवार विस्थापित भएको पाइएको हो । गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, वडा अध्यक्षहरु, प्रहरी, समाजसेवी लगायतले स्थालगत अनुगमन गर्दा दर्जन बढि परिवार सडकमा विस्थापित भएका छन् । केहि आफन्तको शरणमा गएपनि अधिकांशको सडकमै बाँस छ ।

अहिलेसम्म जिल्लाबाट राहत पुगेको छैन । हिजो बिहानै जिल्ला प्रशासन, रेडक्रसलाई बिपद्बारे जानकारी गराइएको भएपनि राहत नआएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिकासंग राहत सामाग्री छैन् । हिजो धनगढीबाट राहत सामाग्री माग गरेको धामीले बताउँनुभयो । स्थानीय बाढी पहिरो पिडितलाई त्रिपालको समेत ब्यबस्था गरीएको छैन ।


अहिलेसम्म देवसिह ठगुन्न्ना, नरभान धामी, हरुवा ठगुन्ना, फागुनसिह धामी, करे भूल, हरक ऐरी, रघुबीर ऐरी, लगायतका परिवारको सडक बाँस भएको जानकारीमा आएको गाउँपालिकाले जनाएको छ । उनीहरुको पुरै घर जमीन उच्च जोखिममा छन् । अझै गाउँमा पहिरो र नदीको सहत घटेको छैन् । ठाउँ ठाउँमा पहिरो आएका कारण उनीहरु विस्थापित भएका हुन् । गाउँपालिकाको वडा नम्बर १ , २, ३, ५, ६ वडाहरुमा बढि क्षति भएको छ । बाढि र पहिरोका कारण धुलीगडामा निर्माणाधीन अपि हाइड्रोपावरका अपर नौगाड जलविद्युतको ड्यामसाइड तहसनहस भएको छ । भने नागुमा रहेको १५ किलोवाट क्षमताको गोधानी लघुजलविद्युत बगाएको छ । विद्युत पूरै पहिरोकोले छोपेको बताइएको छ ।  अहिलेसम्म ४ वटा आरसीसी पूल बगाएको स्थानिय बताउँछन् । अझै पानी रोकिएको छैन् । नदीको बहाव उच्च नै छ । नौगाड खोला लगायतका खहरे खोलामा पानीको सतह बढेसंगै जोखीम कायमै छ । अहिलेसम्म जिल्लाबाट राहत तथा उद्धारको लागि टोली पुगेको छैन् । स्थानीय प्रहरीको सहयोगमा तथ्यांक संकलन गर्ने काम भइरहेको अध्यक्ष धामीले बताउनुभयो । नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको क्षेत्र हो ।

यसैबिच निरन्तरको बर्षाका कारण महाकाली, चमेलिया नदीमा समेत पानीको सतह बढेको छ । चमेलियामा पानीको सतह बढ्दा गोकुलेश्वर, हरीनगर बस्ती बाढीको जोखीममा रहेको स्थानियले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!